काठमाडौं - सर्वाेच्च अदालतले सामाजिक सुरक्षा काेषमा अनिवार्य सूचीकृत हुने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वाेच्चले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था तत्काल कार्यान्यवन नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेकाे हो ।

न्यायाधीशहरू अनिल कुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले २२ वटा बैंकका कर्मचारी र युनियनले मागेको अन्तरिम आदेश जारी हुने ठहर गरेकाे छ । चार दिनको निरन्तरको सुनुवाइपछि अदालतले कर्मचारीको पक्षमा अन्तरिम आदेश दिएको हो । बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउनु पर्ने माग राखेका थिए ।