चन्द्र ढकालले धितोपत्र बोर्डको सदस्यबाट राजीनामा दिए
काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेवोन)को सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका ढकालले राजीनामा दिएका हुन् ।
धेरै पब्लिक कम्पनीमा आफूआवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्या हुने भएकाले राजीनामा दिएको ढकालको भनाई छ । आज बुधबारकै मितिबाट लागू हुने गरी उनले राजीनामा दिएका हुन् ।
सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हिजो मात्रै राजीनामा दिएका थिए । यस प्रकरणमा ढकालको नाम पनि जोडिएको थियो । सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदसँगै ढकाल समेत विवादमा तानिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस