ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत
खबर एक्सप्रेस
२०७९-०५-०२ ०२:२१ मा प्रकाशित
Total Shares: 190
काठमाडौं,ओखलढुंगा - ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ ।
दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस