घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७९-०६-२८ १०:२७ मा प्रकाशित
Total Shares: 128
काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहिबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९३ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस