राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
खबर एक्सप्रेस
२०८०-०१-०७ ०८:०७ मा प्रकाशित
Total Shares: 95
काठमाडौं-भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको
स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली जानुभएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस