चीनको वुहानबाट उद्दार गरिएर ल्याइएका १ सय ७५ जना नै कोरोनामुक्त
काठमाडौं - सरकारले कोरोना भाइरस डिजिज (कोभिड– १९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीलाई १७ औँ दिनमा घर फर्काउने तयारी गरेको छ ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनामा कोरोना भाइरसको संक्रमण नदेखिएपछि उनीहरुलाई घर जाने अनुमति दिन लागिएको हो ।
आज उनीहरुको कोरोना परीक्षणको रिपोर्ट आएसँगै कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। अन्ततः उनीहरुलाई घर जान दिने निर्णय गरिएको उनले जानकारी दिए ।
यसअघि ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब (सास) नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
शनिबार शुरुमा नगरकोटमा रहेका १८ जनाको बिहान ८ः०० र त्यसपछि त्यही टोलीले ११ः०० बजेसम्ममा खरिपाटीमा रहेका १७५ जनाको नाक र घाँटीबाट स्वाबको नमूना सङ्कलन गरेको मन्त्रालयले जनाएको थियो।
फेसबुक पेज Like गर्नुहोस