थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो
खबर एक्सप्रेस
२०७७-०२-०५ ०८:५७ मा प्रकाशित
Total Shares: 292
काठमाडौं - नेपालमा थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा रौतहटको इशनाग नगरपालिका-२, ३, ६, ९ का निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षिय पुरुषहरु र रौतहटकै माधननारायण नगरपालिकाका-३ का २८ वर्षिया महिला रहेकी छिन् । यस्तै, अर्का एक जना बारा करैयामाई-५ निवासी ३८ वर्षिय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस