एसियन कप छनोट: नेपालले अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दै, जित्नै पर्ने दबाब
खबर एक्सप्रेस
२०८२-०४-२६ ०९:०३ मा प्रकाशित
Total Shares: 168
काठमाडौं - एएफसी महिला २० वर्षमुनिको एसियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ ।
खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।
एसियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ । अस्ति शुक्रवार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो ।
योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट छ अङ्क पुर्याएको छ । नेपालको दुई खेलमा चार अङ्क छ । यो खेलले समूह ‘ए’ बाट एसियन कप खेल्ने टोलीको टुङ्गो लाग्ने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस