काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक ५ दिनका लागि सरेको छ।

भदौ १३ गते बस्ने भनिएको नेकपा सचिवालय बैठक ५ दिन सारेर १८ गते बस्ने तयारी भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ। 

यसअघि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल  दाहाल प्रचण्डबीचको भेटवार्ताले १३ गते सचिवालय बैठक बस्ने सहमति गरेको थियो।