नेपालले जिम्बावे ए सँग आज पनि खेल्दै
खबर एक्सप्रेस
२०७९-०१-२४ ०९:०१ मा प्रकाशित
Total Shares: 223
काठमाडौं - पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो एकदिवसीय खेल्दैछ । टियु क्रिकेट मैदानमा खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा बराबरी गर्न चाहन्छ भने जिम्बावे लगातार दोस्रो जितका साथ उपाधिमा कब्जा जमाउने दाउमा छ । पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपाले अहिले घरेलु मैदानमा जिम्बाबे एसँग अभ्यास गरिरहेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस