प्रचण्ड–नेपाल समूहले ६८ जिल्ला नेतृत्व चयन गर्यो
काठमाडौं - नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि ‘विभाजित’ नेकपाको प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।
प्रचण्ड–नेपाल तथा ओली समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेको बेला प्रचण्ड–नेपाल पक्षले नेतृत्व चयन गरेको हो । सो समूहले बाँकी रहेका ९ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने बताएको छ ।
यो समूहले पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहबाट ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ ।
सोही अनुसार पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्। ९ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ।
फेसबुक पेज Like गर्नुहोस