काठमाडौं-नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएकाे पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । 

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो ।

नेपालका करण केसीले पाँच विकेट लिए। उनले ४.३ ओभरमा १ मेडन राख्दा १० रन खर्चिए। सोमपाल कामीले एक विकेट हात पारे। 

खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनल पुगेको हो । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको थियाे । बर्षाको कारण ५० ओभरको खेलमा ४२ ओभरमा छोट्याइएको हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान गरे । उनले ९५ बलमा ७ चाैका र ३ छक्का प्रहार गरे । उनी शतक प्रहार गर्ने क्रममा क्याच आउट भए ।  अर्का युवा ब्याटर कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रन जोडे । 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । भुर्तेलले ४३ र शेखले ३१ रन बनाएर आउट भए । भीम सार्की भने १ रनमै आउट भए । 

यस्तै, आरिफ शेखले १९ रन, सन्दीप लामिछानेले ५ रन, सोमपाल कामीले १३ रन, करन केसीले ८ रन र ललित राजवंशीले २ रन जोडे । दीपेन्द्रसिंह ऐरी भने शून्यमै आउट भए । 

कुबेतका लागि मोहम्मद असलम र अदनान इद्रिसले समान तीन/तीन विकेट लिए । सैयद मोनिब र यासिन पटेलको नाममा एक/एक विकेट रह्यो । काठमाडौं । नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएकाे पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । 

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो ।

नेपालका करण केसीले पाँच विकेट लिए। उनले ४.३ ओभरमा १ मेडन राख्दा १० रन खर्चिए। सोमपाल कामीले एक विकेट हात पारे। 

खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनल पुगेको हो । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको थियाे । बर्षाको कारण ५० ओभरको खेलमा ४२ ओभरमा छोट्याइएको हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान गरे । उनले ९५ बलमा ७ चाैका र ३ छक्का प्रहार गरे । उनी शतक प्रहार गर्ने क्रममा क्याच आउट भए ।  अर्का युवा ब्याटर कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रन जोडे । 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । भुर्तेलले ४३ र शेखले ३१ रन बनाएर आउट भए । भीम सार्की भने १ रनमै आउट भए । 

यस्तै, आरिफ शेखले १९ रन, सन्दीप लामिछानेले ५ रन, सोमपाल कामीले १३ रन, करन केसीले ८ रन र ललित राजवंशीले २ रन जोडे । दीपेन्द्रसिंह ऐरी भने शून्यमै आउट भए । 

कुबेतका लागि मोहम्मद असलम र अदनान इद्रिसले समान तीन/तीन विकेट लिए । सैयद मोनिब र यासिन पटेलको नाममा एक/एक विकेट रह्यो ।