काठमाडौं - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

बैठक आज बिहान साढे १० बजे नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको हो ।

सभामुख घिमिरेले नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डेसँग छलफल गर्न लागेका छन् ।

रास्वपाको संसदीय दलको बैठक भएका कारण रास्वापका प्रमुख सचेतक सन्तोष परियारसँग बैठक सकिएपछि सभामुखले छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ। आज प्रतिनिधिसभा बैठक ११ बजे बोलाइएको छ।