राजावादी आन्दोलन: तीनकुनेको आगजनीमा परी पत्रकारको मृत्यु
खबर एक्सप्रेस
२०८१-१२-१४ ०६:५३ मा प्रकाशित
Total Shares: 193
काठमाडौं - राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर पत्रकारको मृत्यु भएको छ।
राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको हो।
उनी एभिन्यूज टेलिभिजनमा क्यामेरा पर्सनका रुपमा कार्यरत थिए।
आगो नियन्त्रणमा आएपछि हेर्दा जलेको अवस्थामा रजकको शव भेटिएको हो। शव नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले अहिले त्यहाँ घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस