काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । आइतबार मात्रै १० जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लोपटक नेपालगञ्जमा ९ र पर्सामा १ जनामा कोरोना संक्रमण भेटिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी दिएको छ ।

नेपालगञ्जमा भेटिएका ९ संक्रमितमा ५ पुरुष र ४ महिला रहेको तथा उनीहरू ७ वर्षदेखि ५८ वर्ष उमेर समूहको बीचमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पर्साका संक्रमित ३६ वर्षीय पुरुष रहेको प्रवक्ता देवकोटाले बताए ।