काठमाडौं  - ’कोरोना संक्रमितको अंग निकाल्ने गरेको’ भन्दै विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले ५१ वर्षीय सुवाससुब्बा लिम्बूलाई सोमबार बिहान नख्खुपोटबाट पक्राउ गरेको हो।

उनलाई प्रहरीले ‘आफ्नो अन्तिम विकल्प’ भन्ने कार्यालयबाट पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता तथा एसपी ईश्वर कार्कीका अनुसार उनले युट्युबमा आफू डाक्टर भन्दै अभिव्यक्तिहरू दिने गरेको बताए।