धनगढी - सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको स्वाब संकलन गरिएको छ । भारतबाट फर्केर सेअस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका पुरुषको  मृत्यु भएपछि कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको हो । 

बुधबार बिहान आईसोलेसनमा मृत्यु भएका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ। उनको स्वाव धनगढी प्रयोगशालामा कोरोना परीक्षण गरिनेछ ।