पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएनन् : स्वास्थ्य मन्त्रालय
खबर एक्सप्रेस
२०७७-०१-२० ०४:४४ मा प्रकाशित
Total Shares: 440
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९)काे नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप संक्रमित नभेटिएको स्पष्ट पारेका हुन् । हालसम्म नेपालमा ५९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी मुलुकका विभिन्न अस्पतालमा उपचाररत छन् ।
यस्तै, कोरोना संक्रमणको आशंकामा हालसम्म्म नेपालमा ६१ हजार ६२७ जनामा परिक्षण गरिएको छ । जसमा पीसीआर विधिबाट १३ हजार ९८ जना र आरडीटीबाट ४८ हजार ५२९ जनाको परिक्षण गरिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस