माओवादी केन्द्रले चार प्रदेश सांसदलाई गर्यो कारबाही
खबर एक्सप्रेस
२०७७-१२-३० ०४:१६ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - नेकपा एमाले प्रवेश गरेका आफ्ना पार्टीका प्रदेश २ का चार जना प्रदेश सभा सदस्यलाई माओवादी केन्द्रले कारबाही गरेको छ। सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख सरोज यादवले सो जानकारी दिएका हुन् ।
कारबाहीमा पर्नेमा प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर छन् ।
सर्वोच्च अदालतबाट नेकपा एकता बदर भएपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टै स्पष्टीकरण सोधेका थिए । तर, कसैले पनि स्पष्टीकरण नबुझाएपछि उनीहरुको सांसद पद गुमेको हो ।
फेसबुक पेज Like गर्नुहोस