कोरोना संक्रमित गायिका कनिकाको तेस्रो रिपोर्ट पनि पोजेटिभ
खबर एक्सप्रेस
२०७६-१२-१२ ०३:१५ मा प्रकाशित
Total Shares: 629
काठमाडौं - कोरोना संक्रमित बलिउडकी चर्चित गायिका कनिका कपुरको तेस्रो रिपोर्टपनि पोजेटिभ नै आएको छ। यसअघि दुईपटक गरिएको परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको थियो।
१५ मार्चमा लन्डनबाट लखनउ आएकी कनिका कोरोना भाइरसबाट प्रभावित भएको खबर पाएपछि मानिसहरूमा हलचल मच्चिएका थियो।
उनी एयरपोर्टका कर्मचारीसँग मिलेर लुकेर वाथरुम हुँदै बाहिरिएकी थिइन् । त्यसपछि उनी ४ वटा कार्यक्रममा सहभागी समेत भएकी थिइन्।
शुक्रबार कनिकाको पहिलोपटक कोरोनाको जाँच गराइएको थियो। उनको रिपोर्ट पोजेटिभ आएपछि उनीसँगै कल्पना टावरमा रहने ३५ मध्ये ११ जनाको जाँच गराइएको थियो। उनीहरुको रिपोर्ट भने नेगेटिभ आएको थियो।
फेसबुक पेज Like गर्नुहोस