वार्ताका लागि सेनाले माग्यो जेनजीका प्रतिनिधिको नाम
काठमाडौं - जेनजी आन्दोलनको समाधानका लागि नेपाली सेनाले प्रत्यक्ष पहल थालेको छ ।
सेनाले आन्दोलनकारी समूहलाई बिहान वार्ताका लागि प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । सेनाको सन्देशसँगै जेनजीका विभिन्न समूहभित्र अहिले प्रतिनिधित्वबारे तीव्र छलफल भइरहेको छ ।
हामी नेपाल समूहले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्भावित वार्ताकारका रूपमा छलफल गरेको छ भने, गत निर्वाचनमा डडेल्धुराबाट चर्चामा आएका युवा सागर ढकालको नाम पनि अगाडि आएको छ ।
सो समूहले रास्वपाका सांसद सुमना श्रेष्ठसँग पनि छलफल गरेको थियो, तर उनले आफू पार्टी संरचनासँग आबद्ध भएकाले जेनजी तर्फबाट वार्तामा सहभागी हुन नसक्ने जनाएकी छन्।
यस्तै, अन्य जेनजी समूहहरूभित्र पनि प्रतिनिधि पठाउने विषयमा आन्तरिक परामर्श जारी छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह आन्दोलनकै तर्फबाट वार्तामा सहभागी हुने वा अलग भूमिकामा रहने भन्नेबारे भने अझै टुंगो लागेको छैन।
मंगलबार मात्र राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै सबैलाई वार्तामा आउन आह्वान गरेका थिए। त्यसैगरी, प्रधानसेनापति अशोकराज सिग्देलले भिडिओ सन्देशमार्फत आन्दोलन तत्काल रोकेर संवादतर्फ जान आग्रह गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस