काठमाडौं - नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आज ५औं बार्षिकोत्सब मनाएको छ। २०१७ देखि हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ।

युवाहरु माझ बढी प्रचलित ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरुले नै भरिएको मार्केटिंग टिम भएको खल्तीको जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ।

यसै अवसरमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्का भन्छन्- “आगामी दिनहरूमा हरेक उमेर समुहलाई ुखल्तीु प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ खल्तीलाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधाहरू लिएर आउने हाम्रो लक्ष्य छ। प्रत्यक्ष(अप्रत्यक्ष रुपमा खल्तीसँग यो यात्रामा आवद्द हुनुभएका सबैलाई खल्ती टिमको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु।” 

साथै आजको दिन सम्मको सुनौलो यात्रा सम्झिदै खल्तीका संस्थापक तथा डाइरेक्टर अमित अग्रवालले भने- “हामी हरेक प्रयोगकर्ताको समस्या र आवश्यक्ता सुनी सो अनुसारको को सहज सुविधा ल्याउन प्रयत्नरत छौँ।  यसको  लागि विभिन्न सेवा, सुविधा तथा आकर्षक अफरहरु समय अनुसार विस्तार गर्दै डिजिटल नेपालको सपना सार्थक गर्न लागिपरेका छौँ। र हरेक दिन, हिजो भन्दा आज र आज भन्दा भोलि अझ राम्रो हुँदै जानेछौं।“