काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको प्रभाव रहेको जनाएको छ । 

यसैगरी, महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहि बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही  बांकी भू–भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जारी मौसम पूर्वानुमानमा उल्लेख छ ।यस्तै, अपरान्हपछि पहाडी  भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमानमा जनाइएको छ ।

राति भने देशको पहाडी  भू–भागमा आंशिक बदली  रही बांकी भू(भागमा  मौसम सामान्यतया सफा रहने छ।