काेराेना प्रभावः: स्कुल तथा कलेज बन्द गर्ने सरकारको निर्णय
काठमाडौं - सरकारले चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन बन्द गर्ने निणर्य गरेको छ ।
बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत मसान्तसम्मका लागि स्कुल तथा कलेज बन्द गर्ने निर्णय गरेको हो।
तर, चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने एसइई परीक्षा भने नरोकिने पनि जानकारी दिइएको छ । परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्प डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
‘चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने एसइई परीक्षाका प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्नेु निर्णयमा उल्लेख गरिएको छ, तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरू र विश्वविद्यालयहरूका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने’ जारी निर्णयपत्रमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस