अब ४० वर्ष माथिकाको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण
खबर एक्सप्रेस
२०७८-०२-१५ ०५:३९ मा प्रकाशित
Total Shares: 396
काठमाडौं - सरकारले ४० वर्ष उमेर माथिका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण गर्ने व्यवस्था गरिएको जनाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अबदेखि ४० वर्ष उमेर समूह माथिका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक नि:शुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
साथै, आगामी वर्ष तीन प्रदेशको नौ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरूद्ध खोप कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री पौडेलले जनाए।
यस्तै, ४० वर्ष माथिका नागरिकले वर्षमा एकपटक नि:शुल्क रक्तचाप, पिसाब र रगतमा ग्लुकोज जाँच गर्न पाउने भनिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस