नेपालमा थप २ हजार ९७७ जनामा कोरोना पुष्टि, १८ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-०८ ०४:५६ मा प्रकाशित
Total Shares: 371
काठमाडौं - गत २४ घण्टामा देशभर २९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा सो २९७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर १३ हजार ६९८ जनाको गर्दा १९८२ जनामा संक्रमण पुष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस