काठमाडौं - सत्तारुढ नेकपा एमालेका दुवै पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्दै छ । सो बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको विधानअनुसार बैठक बोलाउन अनुरोध गरिने एक नेताले जानकारी दिए ।  यता, अध्यक्ष ओलीले पनि आजै संसदीय दलको बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा चालु अधिवेशन कसरी प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्चलगायत विषयमा छलफल हुने बालुवाटार निकट एक नेताले जानकारी दिए । 

उक्त बैठकमा नेपाल पक्ष सहभागि हुने/नहुने निश्चित भएकाे छैन ।  एमालेभित्रको विवाद उत्कर्षमा पुग्दा ओलीले संसदीय दलको बैठक बोलाइरहेका छन् । ओलीले दलको विधान संशोधन गरेर अधिकारको केन्द्रीकरण गरिसकेका छन् ।