सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-१२-२६ ०७:३० मा प्रकाशित
Total Shares: 68
काठमाडौं - संघीय संसद् अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे समितिको हल सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमण, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस