काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५ सयले घटेर ८६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।  तेजावी सुनको मूल्य तोलाको ८५ हजार ५५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २१५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।