एनआईसी एशिया क्यापिटलको महाशेयर लगानी महोत्सव योजना सार्वजनिक
काठमाडौं - चाँडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै एन आई सी एशिया क्यापिटलले महा–शेयर लगानी महोत्सव योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट लगानी गर्ने गरी योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले उत्कृष्ट सेवाहरु निःशुल्क रुपमा प्राप्त गर्नुहुने छ । महा–शेयर लगानी महोत्सव योजना अन्तर्गत सेवाग्राहीहरुले निम्न अनुसारको विशेष छुट प्राप्त गर्न सकिनेछ ।
एन आई सी एशिया क्यापिटलको महा–शेयर लगानी महोत्सव योजना अन्तर्गतका छुटहरुः
पहिलो वर्ष निःशुल्क लगानी व्यवस्थापन सेवा ।
वार्षिक तथा अर्ध वार्षिक रुपमा मुनाफा निःशुल्क निकाल्न सकिने ।
दोश्रो वर्ष देखि एक्जिट शुल्क नलाग्ने ।
एउटै परिवारका तीन जना सदस्यसम्मका लागि पहिलो वर्ष निःशुल्क रुपमा डिम्याट तथा मेरो सेयर खाता ।
लगानी व्यवस्थापन सेवाग्राहीहरुलाई निःशुल्क रुपमा आईपीओमा आवेदन गरिदिने सेवा ।
रु.३ लाख देखि रु.५ लाख सम्मको दुर्घटना बीमा ।
यस योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा, म्युचुअल फण्ड र इनकम ग्यारेन्टि फण्ड लाई एक मुष्ट गरेर समेत सेवा प्राप्त गर्ने ।
एन आई सी एशिया क्यापिटलले बजारमा आउने उतार चडावलाई मध्ये नजर गर्दै लगानीमा हुने जोखिम न्यूनिकरण गर्नका लागि सिस्टामेटिक इन्भेस्टमेन्छ प्लानसेवा प्रदान गर्ने ।
साथै, यस महा–शेयर लगानी महोत्सव योजनामा सहभागी हुने सेवाग्राहरुहरुलाई शेयर बजार सम्बन्धी राम्रो ज्ञान, दक्ष तथा अनुभवी कर्मचारीहरुको समूहबाट सुष्म रुपमा बजारको अध्ययन गरी लगानी गर्ने सम्बन्धी निर्णय गरिने छ । जसले गर्दा बजारमा आउने उतार चाँडवबाट सेवाग्राहीहरुले उचित लाभ लिन सक्नेछन् ।
उक्त महा–शेयर लगानी महत्सव योजनामा सहभागी हुनको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट वा सोझै पोर्टोफोलियोमा क्लिक गरि रितपुर्वक विवरण भरी उक्त योजनामा सहभागी हुन सकिनेछ । यो छुट योजना २०७८ साल कार्तिक मसान्त सम्म मात्र लागु हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस