दुई प्रदेश सांसदलाई पदमुक्त गर्न माओवादी केन्द्रको पत्राचार
खबर एक्सप्रेस
२०७७-१२-२२ ०८:०८ मा प्रकाशित
Total Shares: 281
काठमाडौं - पार्टी परित्याग गरेका दुई सांसदलाई पदबाट हटाउन माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई पत्रचार गरेको छ ।
लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पदबाट हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्राचार गरेका हुन् ।
माओवादी केन्द्र परित्याग गरेपछि सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो। न्यौंपाने र पन्थीले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि पदमुक्त गर्न पत्राचार गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस