स्वर्णिम वाग्लेलाई कांग्रेसले टिकट नदिएको भन्दै डा. बाबुराम भट्टराईको असन्तुष्टि
काठमाडौ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थविद् स्वर्णिम वाग्लेलाई चुनावमा टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका हुन्। शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको ‘दिगो आर्थिक विकास’ विषयक सम्मेलनमा उनले नेपाली कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
डा. भट्टराईले नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै उनले देशकै ठूलो दाबी गर्ने नेपाली कांग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए। उनले विज्ञहरुलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याए।
त्यस्तै उनले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस