अभ्यास खेलमा नेपालले ओमानलाई हरायो
खबर एक्सप्रेस
२०८०-०१-०२ ०७:०५ मा प्रकाशित
Total Shares: 139
काठमाडौं - अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो।
जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे ।
फेसबुक पेज Like गर्नुहोस