मानुषी लघुवित्तको आईपिओ बिक्रि खुला
काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ ।
लघुवित्तले एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये १० करोड ९३ लाख रुपैयाँ जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५४६९ कित्ता सेयर कर्मचारी तथा सर्वसाधारणलाई छुट्याएको छ । त्यस्तै, ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहने ६ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने संस्थाले जनाएको छ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । इच्छुकले साउन ३१ गतेसम्म सेयरमा आवेदन दिन सक्नेछन् ।
फेसबुक पेज Like गर्नुहोस