प्रदेशसभा खारेज गर्ने पक्षमा रास्वपा
काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले आफूहरू प्रदेशसभा खारेज गर्ने पक्षमा रहेकाे बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रदेश संरचना रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको स्पष्ट पारे। उनले भने, ‘प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ।'
रास्वपाले केन्द्रमा मन्त्रालयको संख्या २१ बाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको जानकारी पनि प्रवक्ता झाले दिए। विभिन्न कालखण्डमा बनाइएका आयोग खारेज गर्ने पक्षमा रास्वपा रहेको उनले बताए।
‘११२ वटा आयोग, नियोग छन्। त्यो विभिन्न कालखण्डमा बनाइएका थिए’, उनले भने, ‘अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छ। तर, त्यसको काम छैन। ११२ वटा आयोग बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई/चार अर्ब खर्च बच्नेछ।’
फेसबुक पेज Like गर्नुहोस