पठाओको कार्यालयमा तोडफोड
खबर एक्सप्रेस
२०७७-०९-१३ ०१:२५ मा प्रकाशित
Total Shares: 504
काठमाडौं - बानेश्वरस्थित रहेको पठाओको कार्यालयमा राइडरहरुको एक समुहले तोडफोड गरेका छन् । केही हप्तादेखि राइडर र कम्पनीबीच विवाद चल्दै आइरहेको छ ।
सोमबार आन्दोलनरत पक्ष र पठाआृ कम्पनीबीच सहमति भएको बताइएको थियो । उक्त सहमतिबारे जानकारी दिदै गर्दा असन्तुष्ट एक समुहले कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले कार्यालय तोडफोडमा संलग्न रहेका केही युवाहरुलाई पक्राउ गरेको छ । पठाओमा कार्यरत राइडरहरुको पाँच लाखसम्मको विमा भएको थियो । पछिल्लो समय समस्या समाधान गर अगाडि बढ्ने सहमति भएको थियो । तर, असन्तुष्ट पक्षले आज कार्यालयमा तोडफोड गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस