काठमाडौं - नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७९२८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

हाल देशभर २१ हजार ८३० जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।