काठमाडौं - नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै १५९४ पदका लागि दरखास्त आह्वान गरेको हो ।

जारी सूचनाअनुसार, प्रहरी जवानतर्फ १५५३ जना, कार्यालय सहयोगी (हजाम) ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी कुल १५९४ पदमा नयाँ भर्ना हुनेछन् ।

प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आठ कक्षा उत्तीर्ण हुनुपर्ने छ। कार्यालय सहयोगीका उम्मेदवारले साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने सूचना उल्लेख छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्ने व्यवस्था गरिएको छ।

888