नेकपा केन्द्रीय समिति बैठक बस्दै, ओलीलाई कारबाही गर्ने लगायत यस्ता छन् एजेण्डा
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सोमबार बिहान ११ बजे बस्ने स्रोतले बताएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्नेलगायतका स्थायी कमिटी बैठकको निर्णय केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि पेश हुने बताइएको छ । यस्तै, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची छ।
यसअघि नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो । त्यसपछि माघ ११ गते बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये आफूहरुसँग २ सय ९७ जना सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।
फेसबुक पेज Like गर्नुहोस