प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहलाई कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०६-१० ०४:१३ मा प्रकाशित
Total Shares: 1005
काठमाडौंं - प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिइन्। ‘तीन/चार दिनअघिबाट मलाई हल्का ज्वरो आउने तथा खोकी लाग्ने भइरहेको थियो,’ उनले नागरिकसँग भनिन्, ‘हिजो पिसिआर परीक्षण गर्दा पोजेटिभ रिर्पोट आयो।'
बाँकी कुनै लक्षण देखिएको छैन। कोरोना पोजेटिभ देखिएपछि अहिले होम आइसोलेशनमा बसिरहेको उनले बताइन्। उनी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन्।
फेसबुक पेज Like गर्नुहोस