काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७९६ जना, भक्तपुरमा २१३ जना र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएका छन् ।

देशभर थप ६९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ९६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।