उसुमा निमाले नेपाललाई दिलाइन् स्वर्ण
खबर एक्सप्रेस
२०७६-०८-१९ ११:०० मा प्रकाशित
Total Shares: 848
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन्।
बिहीबार लगनखेलस्थित आर्मीको कभर्डहलमा उसु थाउलो अन्तर्गत महिला नानदावमा १८.९१ अंक ल्याएर स्वर्ण जितेकी हुन्। यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ। बंगलादेशकी मोर्जिना अख्तर १६.३० अंक र श्रीलंकाकी एमएस् सञ्जुकुमारीले १४.७४ अंक ल्याइन्।
यता उस्सुको पुरुषतर्फ नेपालका विश्व बुडामगरले रजत पदक जितेका छन्। उनले १९.१३ अंक प्राप्त गरेका छन्। यस स्पर्धामा भारतका सुरज सिंहले १९.२२ अंक ल्याउँदै स्वर्ण जितेका हुन्। बंगलादेशको रशेन हुसेन १८.६८ अंक ल्याएर कास्य पदक पाएका छन्।
फेसबुक पेज Like गर्नुहोस