कोरोना: २४ घण्टामा विश्वभर ३४ सयको मृत्यु, ८८ हजार संक्रमित
खबर एक्सप्रेस
२०७७-०२-०६ ०७:१४ मा प्रकाशित
Total Shares: 228
एजेन्सी - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३४ सय ४० जनाको मृत्यु भएको छ ।
कोरोनाबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार एकैदिन ८८ हजारमा संक्रमण देखिएको छ भने ९ हजार उपचारपछि डिस्चार्ज भएका छन् ।
विश्वभर कोरोनाबाट हालसम्म ४८ हजार ८७ हजारमा संक्रमण देखिएको छ भने ३ लाख १९ हजारको मृत्यु भैसकेको छ । ३ लाख ५५ हजार उपचारपछि निको भएका छन् । कोरोना विश्वका २ सय १२ देशमा फैलिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस