मैले ५ दिन पहिले गरेको अनुमान सही साबित भयोः भीम रावल
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले आफूले ५ दिनअघि गरेको अनुमान मन्त्रिपरिषद् पुनर्गठनले पुष्टि गरेको दाबी गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता रावलले प्रधानमन्त्री केपी ओलीले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्ति रिझाउने भनेर गरेको अनुमान सही साबित भएको बताएका हुन्।
‘मैले ५ दिनअघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपा (महन्थ)लाई धूपबत्ती गर्न सक्ने कुरा व्यंग्यात्मक रूपमा ट्विट गरेको थिएँ, त्यसको जेठ २१ गते (हिजो)को मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो।’ रावलले भने ।
केपीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र रअझ छताछुल्ल भएको रावलको भनाई छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस