रूपन्देही–३ उपनिर्वाचनका लागि २६ दल दर्ता
खबर एक्सप्रेस
२०८२-०५-०२ ०७:३० मा प्रकाशित
Total Shares: 81
काठमाडौं - रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका निम्ति २६ दल दर्ता गरिएका छन् । निर्वाचन आयोगले सोमबार दल दर्ताको निर्णय गरेको हो ।
निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका निम्ति दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको थियो ।
उपनिर्वाचन प्रयोजनका निम्ति यही साउन २१ देखि २७ गतेसम्म दल दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा २७ दल दर्ताको निवेदन दिइएको थियो । निवेदनमाथि अध्ययन गरी कानुनी रित पूरा भएका २६ दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ ।
आयोगले यसअघि उपनिर्वाचनका निम्ति निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस