काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित एक ब्यांक्वेटमा नेपाल समूहको बैठक शुरु भएको हो ।

बैठकमा एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल भइरहेको बताइएको छ ।  एमाले एकताको लागि गठित कार्यदलले १० बुँदे सहमति गरेको भए पनि नेता नेपालले भने सो कुरा मानेका छैनन् । १० बुँदे सहमति आफूलाई चित्तबुझ्दो नभएको भन्दै उनले मान्य नहुने बताउँदै आएका छन् । उनले पार्टीमा अध्यक्ष केपी शर्मा ओली बराबरको हैसियत खोजेको बताइएको छ ।

नेपाल समूह संस्थापन पक्षले बोलाएको बैठकमा सहभागी भएको छैन । यसबीचमा पार्टीका बैठकहरु बसे पनि नेपाल पक्ष भने अनुपस्थित हुँदै आएको छ । आज पनि  च्यासलस्थित तुलसीलाल स्मृति भवनमा ३ बजे स्थायी कमिटी बैठक बस्दैछ । तर, नेपाल समूह भने छुट्टै बैठकमा बसेका हुन् ।