काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा आइतबार तोलामा १ हजार रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भैरहेको छ ।