काठमाडौं - कुनै समयकी चर्चित बलिउड अभिनेत्री अचेल ठूलो पर्दादेखि टाढा छन् । तर, उनको सुन्दरता र फिटनेसको बयान भने कम भएको छैन । आज पनि उनको प्रसंग उठ्यो भने, ‘मेने प्यार किया’ फिल्मको सम्झना गर्ने गरिन्छ । जुन फिल्ममा उनी सलमान खानको जोडीका रूपमा प्रस्तुत भएकी थिइन् । सुरज बड्जात्याले निर्देशन गरेको मैने प्यार किया दर्शकले निकै रुचाएको फिल्म हो । 

यतिवेला भाग्यश्री मिडियामा समेत आउन रुचाउँदिनन्, तर सामाजिक सञ्जालमा उनी निकै सक्रिय देखिन्छिन् । उनी सामाजिक सञ्जालमा फिटनेससँग सम्बन्धित भिडियो र तस्बिर पोस्ट गरिरहेकी हुन्छिन् । उनको तस्बिर र भिडियो हरेर उनलाई फलो गर्न चाहने फ्यानको संख्या पनि निकै ठूलो छ ।

४९ वर्षको उमेरमा पनि भाग्यश्रीले बलिउडका चल्तीका अभिनेत्रीहरूलाई सुन्दरता र फिटनेसमा चुनौती दिइरहेकी उनका फ्यानहरूको बुझाइ छ । भिडियो र तस्बिरले के पनि देखाउँछ भने भाग्यश्री  आफ्नो स्वास्थ्य तथा फिटनेसलाई लिएर निकै सजग छिन् । उनको यो शैलीले उनका फ्यानलाई समारात्मक ऊर्जा मिलेको भारतीय मिडियाले जिकिर गरेका छन् ।