काठमाडौं - मध्य अमेरिकी मुलुक हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् ।

शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प जाँदा तीन सय बढीको मृत्यु भएको हो । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

त्यहाँको सरकारले देशभर एक महिने आपतकाल घोषणा गरेको छ । भूकम्पपछि लगातार आइरहेका परकम्पहरूले उद्धार र राहतमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।