काठमाडौं - स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयासलाई नकारात्मक रुपमा प्रचार गरिएको गुनासो गरेका छन ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।

कोरोना नियन्त्रणका लागि सरकारले सीमित स्रोत साधनका बाबजुत पनि प्रभावकारी रुपमा काम गरेको भएपनि नकारात्मक टिकाटिप्पणी र प्रचारबाजी भइरहेको मन्त्री ढकालको भनाइ छ ।

मन्त्री ढकालले जनता र राष्ट्रप्रतिको जवाफदेहितालाई मध्यनजर गर्दै सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियामा नै राम्रो भएको दावी गरे । कोरोना नियन्त्रणको बिषयलाई राजनीतिक नगर्न आग्रह गर्दै उनले कोरोनाले कुनै पार्टी वा जात नभन्ने पनि स्पष्ट पारे ।

मन्त्री ढकालले जनताले अनुभूति गर्ने गरि वीर अस्प्तालको सेवालाई सुधार गर्न निर्देशन समेत दिए । कार्यक्रममा अस्पतालका केहि कर्मचारीहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो ।